दफा १८
दर्ता किताबबाट नाम हटाउने र पुन नामदर्ता गर्ने
(१)देहायको कुनै अवस्थामा परिषद्ले कुनै दर्तावाला नर्सिङ्ग व्यवसायीकोनाम दर्ता किताबबाट हटाउन आदेश दिन सक्नेछ :–
(क) मगज बिग्रेको,
(ख) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको,
(ग) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको, वा
(घ) पेशा सम्बन्धी तोकिएको व्यवसायिक आचार संहिता पालन नगरेको भनी परिषद्को दुई तिहाई बहुमतले ठहराएको ।
(२) उपदफा (१) को खण्ड (क), (ग) र (घ) बमोजिम दर्ता किताबबाट नाम हटाइएको नर्सिङ्ग व्यवसायीले मनासिब माफिकको कारण देखाई पुन नाम दर्ता गराउन दरखास्त दिएमा परिषद्ले निजको नाम पुन दर्ता गर्नु मनासिब देखेमा नामदर्ता गर्ने आदेश दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम आदेश प्राप्त भएमा रजिष्ट्रारले तोकिए बमोजिम दस्तुर लिई त्यस्तो नर्सिङ्ग व्यवसायीकोनामदर्ता किताबमा पुन दर्ता गरी प्रमाणपत्र दिनु पर्नेछ ।